site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पदाधिकारी बैठकमा प्रधानमन्त्रीले भने– कार्यकाल एक वर्ष बाँकी छ, अब गियर बढाउँछु
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो ।

सरकारले राम्रै काम गरेको माओवादीको निष्कर्ष छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलबीच भएको सहमति अनुसार आफ्नो कार्यकाल एक वर्ष रहेको बताएका छन् । उनले बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने बताएका छन् ।

Dabur Nepal
NIC Asia

“सरकारको काम राम्रै छ । गठबन्धनमा भएको सहमति अनुसार कार्यकाल एक वर्ष बाँकी छ । यो वर्ष काममा तीव्रता दिनुपर्छ । कामको गियर बढाउँछु,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले जानकारी दिए ।

प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री बनेका थिए । गठबन्धनमा दुई वर्षपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भद्र सहमति रहेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu