site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगे

काठमाडौं । स्पेनको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार सन् २०२३ मा ५० हजारभन्दा बढी अवैध आप्रवासी स्पेन पुगेका छन् । जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिलाई समेटेर सार्वजनिक गरिएको तथ्यांकानुसार यो अवधिमा ५२ हजार ९४५ अवैध आप्रवासी स्पेन पुगेको देखाएको हो ।

यो २०२२ को सोही अवधिको तुलनामा ७६.२ प्रतिशतले बढी हो । २०२३ मा अवैध आप्रवासी आगमन समुद्रको माध्यमबाट रहेको थियो । तीमध्ये ७२ प्रतिशत क्यानरी टापुहरूमा पुगेका छन् ।

क्यानरी टापुमार्गलाई संसारको सबैभन्दा घातक आप्रवासी मार्ग मानिन्छ । त्यहाँ आप्रवासीले कम्तीमा १०० किलोमिटर खुला समुद्र पार गरेर आउनुपर्छ ।

स्पेनिस एनजीओ क्यामिनान्डो फ्रन्टेरासले अनुमानानुसार २०१८ देखि २०२२ का बीचमा सात हजार ८०० आप्रवासीको यात्राका क्रममा मृत्यु भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro