प्रविधि
काठमाडौं । सीजी मोटर्सले विश्वकै ठूलो चिनियाँ ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’को अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने भएको छ ।
कम्पनीले नेपालमा बिक्री गर्ने नेटा, लाइट कमर्सियल भेहिकल केवाइसी र किङलङ गाडीमा सीएटीएलकै ब्याट्री जडित छ ।
त्यसैले पनि कम्पनीले नेपालमा सीएटीएलको सर्भिस सेन्टर स्थापनालाई प्राथमिकता दिएको बताएको छ ।
यसका लागि सीजी मोटर्सले नेपालमा सीएटीएलको आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्ने बताएको छ । यससँगै सीएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण सेवा नेपालमै उपलब्ध हुने कम्पनीले बताएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १९:५२
प्रतिक्रिया दिनुहोस्