site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन सरकार बाध्यता हो : अर्थमन्त्री महत 

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन सरकार बनाउनु बाध्यता भएको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कुनै पनि दलको बहुमत सम्भव नभएकाले गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए । 

“कतिपय साथीहरूलाई गठनबन्धन किन गर्नुपर्‍यो भन्ने लागेको होला । यी कुरा पार्टीको कोणबाट हेर्दा ठीकैजस्तो लाग्छ । तर, कुनै पनि दलसँग बहुमत नभएको अवस्थामा गठबन्धन नगरी सरकार बन्दैन,” उनले भने, “मिश्रित निर्वाचन प्रणालीले गर्दा एउटा दलको बहुमत आउन कठिन छ । एकल बहुमतका लागि हामीले ठूलै जनप्रवाह गर्नुपर्छ ।” 

उनले कांग्रेसबाट सरकारमा सहभागी भएका आफू लगायतले राम्रो काम गरिरहेको दाबी गरे । देशको आम्दानी थोरै भएकाले देखिएको समस्या एकैपटक समाधान गर्न नसकेको भन्दै उनले इमान्दार प्रयास भने गरिरहेको दाबी गरे । 

फरक प्रसंगमा उनले पार्टीभित्र समस्या भएको भन्दै त्यो समस्या समाधान गर्न सके पार्टीले बहुमत ल्याउने दाबी गरे । पार्टीभित्रै आलोचना गर्नुभन्दा पार्टीको झुटो प्रचारविरूद्ध लाग्न उनको आग्रह थियो । उनले झुटको थुतुनो सुनेर प्रभावित नुहन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro