राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।
उनले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको बताए । अब माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै मिति तोक्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्