site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दाउद इब्राहिम अस्पताल भर्नाको हल्ला ‘झुटो’, सहयोगीले भने– शतप्रतिशत फिट छन्

काठमाडौं । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमको मृत्यु भएको हल्ला निराधार भएको र उनी शतप्रतिशत ‘फिट’ रहेको उनका निकट सहयोगी छोटा शकीलले बताएका छन् । विभिन्न भारतीय सञ्चारमाध्यमले विष सेवनपछि उनी पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएको समाचार लेखेका थिए ।

सोमबार शकीलले दाउद इब्राहिमको मृत्युको हल्ला अफवाह भएको बताएका हुन् । दाउदको आपराधिक संस्था डी–कम्पनीको विश्वव्यापी ‘अपरेसन’ हेर्ने शकीलले पाकिस्तानमा उनलाई सकुशल अवस्थामै भेटेको बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

दाउद इब्राहिम बिरामी भएर अस्पताल भर्ना भएको भनेर ट्विट गरेको भनिएको पाकिस्तानका कार्यकारी प्रधानमन्त्रीको ट्विटर अकाउन्ट पनि ‘फेक’ रहेको बताइएको छ ।

यसैबीच, पाकिस्तानी क्रिकेट लेजेन्ड एवं अन्डरवर्ल्ड डनका नजिकका नातेदार मानिएका जावेद मियाँदादलाई नजरबन्दमा राखिएको समाचार सार्वजनिक भएको छ ।

सन् १९९३ को मुम्बई विस्फोटका ‘मास्टरमाइन्ड’ दाउदलाई पाकिस्तानले आश्रय दिएको भारतको आरोप छ । तर, पाकिस्तानले उनलाई शरण दिएको दाबी अस्वीकार गर्दै आएको छ ।

भारतीय गुप्तचर संस्थाले कराँचीको माथिल्लो क्लिफ्टन क्षेत्रमा उनी र उनका सहयोगी शकील रहेको जनाएको थियो । पछिल्लोपटक दाउदको मृत्यु भएको हल्लामा पाकिस्तानी अधिकारीले कुनै प्रतिक्रिया नजनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro