site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संकल्पयात्राले मध्यपहाड बुझाउन सहयोग गर्‍यो : महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) भएर गरिएको पार्टीको संकल्पयात्राले विकासको सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने मौका मिलेको बताएका छन् ।

मंगलबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान पूर्णतः सफल भएको जिकिर गरे । पोखरेलले भने, “मध्यपहाडी लोकमार्गले छोएका मात्र नभई आपासको यथार्थ जानकारी भएको छ । अब त्यहाँ के कसरी राज्यले समस्या र सम्भावना पहिल्याउने भन्ने पनि बुझिएको छ ।”

Dabur Nepal
NIC Asia

पुष्पलाल राजमार्ग एमाले नेतृत्वको सरकारको पालमा सुरु गरिएको महत्त्वपूर्ण योजना भएको उनले उल्लेख गरे । अहिले त्यसलाई छोट्ट्याउनुपर्ने प्राविधिकबाट सुझाव प्राप्त भएको उनले जानकारी दिए ।

उनले भने, “यो यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीति बुझ्न अवसर मिल्यो ।”

मध्यपहाडी क्षेत्रमा स्मार्ट सिटी बनाउन गरिएका योजना अलपत्र रहेको भन्दै उनले यसलाई गुलजार बनाइनुपर्नेमा जोड दिए । कृषि र पर्यटनबाट समेत सुस्ताएको यो क्षेत्रमा नयाँ ऊर्जा थप्न सकिने उनले बताए ।

एमालेको अभियानलाई पहिचानको नाम दिएर विरोध गरिएको स्वर सुनिए पनि त्यो जनताको तहमा नभएको उनको भनाइ थियो । “त्यो एमालेकेन्द्रित विरोध थियो । तर, जनताको तहमा थिएन ।”

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गलत व्यवहार गर्न खोजिएको विषयमा सञ्चारमाध्यमले गलत ढंगले समाचार पस्किएको आरोप लगाए । महासचिव पोखरेलले प्रदेशको नाम कोसी नै जायज भएको टिप्पणी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro