राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
सोमबारको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरिएको थियो । विधान संशोधन कार्यदलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो ।
यसअघिको बैठकले पार्टीका संगठन विभाग प्रमुख तथा उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय कार्यदल बनाएको थियो ।
बैठकमा कार्यदलका संयोजक भुसालले प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफल आजको बैठकमा पनि जारी रहने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०६:५१
प्रतिक्रिया दिनुहोस्