site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीको डल्फीन ईभीले पायो ‘खरिदका लागि उत्कृष्ट कार’को अवार्ड

काठमाडौं । बीवाईडीको विद्युतीय गाडी (ईभी) डल्फीनले युरोपको प्रतिष्ठित अवार्ड ‘बेस्ट बाइ कार अफ युरोप–२०२४’ अर्थात् खरिदका लागि उत्कृष्ट कारको अवार्ड प्राप्त गरेको छ ।

 ‘अटोबेस्ट’ले युरोपभर बिक्री हुने कारमध्ये उत्कृष्टलाई प्रदान गर्दै आएको अवार्ड यस पटक बीवाईडीले प्राप्त गरेको हो ।

ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्दै बीवाईडी पहिलो नम्बरमा परेको हो । दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर गाडी परेका छन् ।

अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको युरोपभरका ३१ देशबाट आएका अटोबेस्ट पत्रकारले मतदान गर्दै डल्फीनलाई अवार्ड दिएको कम्पनीले जनाएको छ ।

उनीहरूले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको ‘पर्फेक्ट कारको संज्ञा दिएको बीवाईडीले बताएको छ ।

अटोबेस्टको जुरीले पहिलो पटक बीवाइडीको मोडललाई ‘बेस्ट बाई कार अफ युरोप २०२४”को अवार्ड दिएको हो ।

अवार्ड प्रदान गरेपछि अटोबेस्टका अध्यक्ष भान भार्डीले बीवाईडी डल्फीनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको  बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro