site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संक्रमणकालीन चुनौती र विघ्नबाधाको सामना गर्नुपरेको छ : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रलाई समानता, न्याय र समृद्धिसहितको प्रगतिशील मार्गमा अघि बढाउन नेपाली जनता लागिरहेको बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा उनले देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाको सामना पनि गर्नुपरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वान् र विदुषीहरूको यस जमघटमा राष्ट्रहितप्रतिको सुमार्ग निर्धारण होस् । आज हामी हाम्रो राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडेका छौँ,” राष्ट्रपति पौडेलले भने, “देश परिवर्तनको बाटोमा अघि बढ्दाका संक्रमणकालीन चुनौती र विघ्नबाधाहरूको सामना पनि तपाईं–हामीले नै गर्नुपरेको छ ।”

वर्तमान संविधान समावेशी विशेषतायुक्त भएकाले सामाजिक एकता र समानता नेपाली समाजमा लागु हुन थालेको उनले बताए । भौगोलिक, सांस्कृतिक र जातीय विविधतायुक्त नेपाली समाजको एकताका निम्ति अहिलेको संविधान र व्यवस्था महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।

Global Ime bank

“हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात् जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागु गर्ने क्रममा रहेको छ,” राष्ट्रपति पौडेलले भने, “तपाईंहरूलाई पनि जानकारी भएकै हो कि लिग अफ नेसन्सको असफलतापछि संयुक्त राष्ट्रसंघको जन्म भयो । द्वितीय विश्वयुद्धको समाप्तिपश्चात् व्यवहारमा आएको संयुक्त राष्ट्रसंघले आज ७८ वर्ष पूरा गर्दा पनि विश्वमा शान्ति स्थापना गर्ने र साना मुलुकका समस्यालाई मुखरित गर्ने यस संस्थाको योगदान रहे पनि यताका दशकहरू अस्थिरता र द्वन्द्वउन्मुख परिस्थिति देखिन्छन् ।”

उनले लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन र त्यसको फल जनताले पाउन केही समय लाग्ने भन्दै धैर्य गर्न आगह्र गरे ।

राष्ट्र निर्माण र समृद्धिका निम्ति उच्च शिक्षाको जननीको पहिचान त्रिभुवन विश्वविद्यालयको रहेको उनले बताए । राष्ट्रको समृद्धि त्यहाँको प्राकृतिक स्रोतमा मात्र नभएर आवश्यक सीप र त्यसको व्यवस्थापनमा निर्भर रहने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement