site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित न्यायाधीश बालकृष्ण ढकाललाई यस्ता छन् सांसदका प्रश्न 

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालको संसदीय सुनुवाइ भएको छ । वरिष्ठ अधिवक्ताबाट न्यायाधीशमा सिफारिस भएका ढकालले सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणा राखिसकेपछि सांसदहरूले प्रश्न सोधे ।

सांसदहरूले न्यायाधीशको आचरण, न्यायालयप्रतिको आस्था बढाउन न्यायाधीशको भूमिकासहित उनलाई व्यक्तिगत प्रश्न समेत गरे ।

सांसदले गरेका प्रश्न पढ्नोस्– 

Dabur Nepal
NIC Asia

महेश बर्तौला 
कानुनानुसार अघि बढ्दा सामाजिक न्याय मर्ने अवस्था छ, विकास निमार्णको कार्य रोकिने अवस्था रहन सक्छ । यसमा तपाईंको कस्तो दृष्टिकोण रहन्छ ? 

रमेशजंग रायमाझी 
– बारबाट आउनुभएको हो । बारले न्यायाधीशको अवधि सात वर्ष हुनुपर्छ भनिरहेको छ । यो उपयुक्त हो कि हैन ? राज्यले भार व्यहोर्न सक्छ ?
– न्यायायको काम फैसला गर्ने मात्र हो कि कार्यान्वयन पनि हुन्छ ? 

जीवन परियार 
– निष्पक्ष न्याय दिने मुख्य कुरा हो । न्यायालयबाट न्याय प्राप्त भएन भन्ने गुनासो छ । यसलाई कसरी समाधान गर्ने ?
– नेपाल बहुआयामिक देश छ । सबै जातजाति, पेसा, धर्म, व्यवसायीले न्यायालयमाथि कसरी भरोसा गर्लान् ?

देवेन्द्र दाहाल
– न्याय माग्ने क्षेत्रबाट न्याय दिने क्षेत्रमा जाँदै हुनुहुन्छ । सिंगो न्यायप्रणाली सुधार गर्नका लागि कुन–कुन चिज बाधक छन्, कुन सहज छन् ? 

डोलप्रसाद अर्याल 
– बिनापक्राउपुर्जी समाउने, पहुँचको आधारमा हत्कडी लगाइदिने र सामाजिक जीवन असर गर्ने र साना व्यवसाय गर्न बाधक परेको हुनसक्छ । यसमा के छ योजना ? 

पदम गिरी 
– नेपालको न्यायालयमा जनविश्वास घटेको छ, वितृष्णामा रूपान्तरण हुँदै छ भनिन्छ । कसरी विश्वास जगाउन योगदान दिनुहुन्छ ? 
– छोटो समयमा न्यायसम्पादन गराउन कस्तो भूमिका खेल्नुहुन्छ ? 
– सर्वोच्चमा युवापुस्ता, ३०÷३५ का युवाहरू प्रवेश गराउने वातावरण बनाउन सक्नुहुन्छ भन्ने लाग्छ कि लाग्दैन ?

ईश्वरी न्यौपाने 
– तपाईंको विरुद्ध उजुरी आएको छैन । निमुखा जनताले न्याय कसरी पाउँछन् ? त्यो वर्गले न्याय नपाएको अवस्था छ । 
– जनताको विश्वास गुमेको भनिन्छ । न्याय महँगो छ भनिन्छ । यसमा कसरी काम गर्नुहुन्छ, के छ योजना ? 

जर्नादन शर्मा 
– पक्षको भूमिकाबाट निष्पक्षतामा जाँदै हुनुहुन्छ । यसलाई कसरी सन्तुलन गर्नुहुन्छ ? 
– बार र न्यायालयको अन्तरसम्बन्ध छ । एकले अर्कालाई हेर्दा कहिले मित्र र कहिले तिक्तता देख्छौँ । यसमा कसरी अन्तरसम्बन्ध मिल्छ ? 
– यो एक राजनीतिक अंग हो । सम्पूर्ण रूपमा मुक्त राख्न सकिँदैन । किनभने, राज्य राजनीतिको उच्च हो । न्यायालय राज्यको मुख्य अंग हो । यसलाई कसरी हेर्नुहुन्छ ?

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro