site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोबाइल डाटाबाट चल्छ नेपालको ७० प्रतिशत इन्टरनेट

काठमाडौं । नेपालको इन्टरनेट बजारमा मोबाइल ब्रोडब्यान्डको हिस्सा करिब ७० प्रतिशत र फिक्स्ड ब्रोडब्यान्डको हिस्सा करिब ३० प्रतिशत रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ३०.६३ प्रतिशत इन्टरनेट तारसहितको फिक्स्ड ब्रोडब्यान्डबाट चल्ने गरेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०.१५ प्रतिशत छ ।

प्राधिकरणका अनुसार मोबाइल ब्रोडब्यान्ड अर्थात् मोबाइल डाटाबाट इन्टरनेट चलाउनको हिस्सा ६९.२२ प्रतिशत रहेको हो ।

मोबाइल ब्रोडब्यान्डअन्तर्गत दुई सेवा प्रदायकमा नेपाल टेलिकमको हिस्सा ६९.०२ प्रतिशत रहेको छ भने एनसेलको हिस्सा ३०.९८ प्रतिशत छ ।

जनसंख्याका आधारमा तारसहितको फिक्स्ड ब्रोडब्यान्ड ४२ प्रतिशत जनसंख्यामा पुगेको छ । ताररहित वायरलेस फिक्स्ड ब्रोडब्यान्ड ०.२० प्रतिशत र मोबाइल ब्रोडब्यान्डको पहुँच ९५.३० प्रतिशत जनसंख्यामा रहेको छ ।

भ्वाइस सर्भिसतर्फ ६१.७८ प्रतिशत बजार हिस्सा रहेको छ भने एनसेलको बजार हिस्सा ३८.२२ प्रतिशत रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro