राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को ७०औँ सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।
आज र भोलि बस्ने बैठकमा विद्यमान संशोधनसम्बन्धी छलफल हुने कार्यसूची छ । उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला तीन नेताले विधान मस्यौदा बैठकमा प्रस्तुत गर्नेछन् ।
त्यस्तै, बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने, मापदण्ड तय गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने र सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्