site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुआत गरेको छ । अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि आज (सोमबार)बाट टोकन प्रणालीको सुरुआत गरेको जनाएको हो । 

टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए ।

Dabur Nepal
NIC Asia

उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने  योजनाअनुसार आफूहरू अघि बढेको बताए । 

उनले भने, "काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने अवधारणामा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।"

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro