site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलेसियामा सहकर्मीको हत्या गरेर नेपाल आए, हुलिया बदलेको अवस्थामा पक्राउ परे !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा एउटै कम्पनीमा काम गर्ने सहकर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय अनिलकुमार साह रहेका छन् ।

वैदेशिक रोजगारीका लाथि मलेसियामा रहेका झापाको शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेर नेपाल आएको सूचनाको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी हत्या गरेको पाँच दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार प्रधान र साह एक वर्षदेखि मलेसियास्थित एउटै कम्पनीमा काम गर्थे । साहले प्रधानको यही मंसिर २५ गते हत्या गरेका थिए । उनी प्रधानको हत्या गरेर नेपालतर्फ आएका थिए ।

नेपाल प्रहरीले उनी नेपालतर्फ आएको सूचना पीडित पक्षबाट पाएको थियो । शनिबार उनलाई हिमालयन एयरलाइन्सबाट नेपाल आएका उनलाई एयरपोर्टबाटै पक्राउ गरिएको हो । उनी हुलिया बदलेर नेपाल आएको प्रहरीले जनाएको छ ।

Global Ime bank

प्रहरीले मृतककी श्रीमतीको जाहेरी लिएर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँचदिनको म्याद लिएको छ ।

घटनाबारे मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  २२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement