site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसर पारेर प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको एक वर्षे समीक्षास्वरूप प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारको एक वर्ष पुग्दै छ । यसको समीक्षास्वरूप प्रधानमन्त्रीज्यूले १० गतेको वरिपरि सम्बोधन गर्ने कुरा छ,” उनले भनिन्, “त्यो सम्बोधनमा हाम्रो सीमा समस्या हामीले गर्न सकेका/नसकेका विषयमा चर्चा हुने छ ।”

उनले सरकारले लय गुमायो कि भन्ने चिन्ता भए पनि परिस्थिति त्यस्तो नभएको दाबी गरिन् । सरकारको प्राथमिकता समृद्धि, सुरक्षा कायम गर्ने र सुशासन कायम गर्ने नै रहेको उनको भनाइ छ ।

Global Ime bank

“अवैधरूपमा सुनहरू आएका छन्, यसमा हामीले कानुनबमोजिम दण्ड गर्‍यौँ । तर, सधैँभरि यस्तो रहँदैन,” उनले भनिन्, “सरकार अविचलितरूपमा आफ्नो उद्देश्यमा केन्द्रित छ । कामहरू गर्दै जाँदा कुनै बेला आक्रामक वा कुनै बेला नियमित देखिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !