site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बक्यौता नतिर्दा भुक्तानी रोकिँदै, इन्टरनेट नै बन्द हुने सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीका लागि सिफारिस नगरेमा इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ आयात गरेबापतको शुल्क तिर्नुपर्छ । नेपाली सेवा प्रदायकले भारतीय कम्पनीहरूबाट नेपालमा ब्यान्डविथ भित्र्याउँछन् । 

आइस्पानका अध्यक्ष सुधीर पराजुलीले अघिल्लो वर्षको केही महिना र यसवर्षको चार महिनाको गरी करिब तीन अर्ब रुपैयाँ ब्यान्डविथको शुल्क तिर्न बाँकी रहेको बताएका छन् ।

तर, इन्टरनेट सेवा प्रदायकहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले यो शुल्क तिर्नका लागि राष्ट्र बैंकलाई सिफारिस नगरेको हो । भुक्तानीका लागि मुद्रा सटहीको माग गर्दै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरण र प्राधिकरणले मन्त्रालयलाई सिफारिस पत्र पठाउँछ ।

आइस्पानका अध्यक्ष पराजुलीले भारतीय कम्पनीहरूले डिसेम्बर ३१ (पुस १५)सम्म शुल्क तिरिसक्न भन्दै पत्र पठाएको छ । शुल्क नतिरेमा उनीहरुले सेवा रोक्ने चेतावनी दिएको बताएका छन् ।

इन्टरनेट सेवा प्रदायकले तिर्न बाँकी देखिएको बक्यौता ग्रामीण दूरसञ्चार कोष शुल्क, दूरसञ्चार सेवाशुल्क र रोयल्टीसम्बन्धी हो । यो शुल्क आफूहरूलाई नलाग्ने दाबी सेवा प्रदायकको छ ।

सुविसु केबलनेटका अध्यक्ष समेत रहेका पराजुलीले आर्थिक वर्ष २०७४/०७५ को बक्यौता तिर्न नपर्ने भन्दै नियामक निकाय प्राधिकरणले नै भनेर फर्छ्यौट भएको र २०७५/०७६ को सोही रकम अहिले तिर्नुपर्ने कुरा आइरहेको उनको भनाइ छ ।

संसद्को सार्वजनिक लेखा समिति र प्राधिकरणले नै पनि उक्त रकम तिर्न नपर्ने भनेको छ । तर, महालेखाले मात्रै तिर्नुपर्ने देखाएको उनको दाबी छ ।

उनले सरकारी कम्पनी नेपाल टेलिकमको अर्बाैं बेरुजु हुँदा सरकारले सबै कुराका लागि सहायता गरिरहेको तर, निजी क्षेत्रमाथि विभेद भइरहेको आरोप समेत लगाएका छन् ।

सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले त्यतिबेला के कति कारणले नतिर्न भनिएको हो त्यो विषयमा पनि छलफल हुनुपर्ने बताएका छन् । अहिले सरकारले पाउने राजस्व नलिने भन्ने कुरा नहुने सुवेदीले बताए ।

आफ्नो आधार बलियो बनाएर तिर्नु नपर्ने भनेर सरकारी राजस्वबाट उम्किन नमिल्ने भन्दै बक्यौता नतिरेकै कारण भुक्तानीका लागि सिफारिस रोकिएको उनले बताए ।

मसिंर २० गतेको अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेवा प्रदायक कम्पनीहरूलाई बक्यौता तिर्न पत्र काटिएको र त्यसो नगर्नेहरूका लागि कारबाहीबारे समेत तयारी गर्ने बताएका थिए ।

यसअघि सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा गठित समितिले ९ इन्टरनेट सेवा प्रदायकले १० वर्षको अवधिमा दुई अर्ब ४६ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

सरकारले बक्यौता तिर्न भने पनि इन्टरनेट सेवा प्रदायकले तिर्न नपर्ने भन्दै ब्यान्डविथको भुक्तानी गर्न नदिए इन्टरनेट सेवा नै बन्द हुनसक्ने चेतावनी दिएका हुन् । डिसेम्बर ३१ सम्ममा भुक्तानीको व्यवस्था नभए नेपाल टेलिकम बाहेकको इन्टरनेट बन्द हुनेसक्ने आइस्पानको चेतावनी छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro