site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भएर फैसला लेखेको छु’ (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले संसदीय सुनुवाइ समतिमिा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

आइतबार सुनुवाइका निम्ति संसदीय समिति पुगेका प्रस्तावित न्यायाधीश ढुंगानाले सर्वोच्चको न्यायाधीश हुने योग्यता कानुनमा स्नातक भएको बताए । उनले आफू कानुनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ समेत भएको खुलाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूले नौ पूर्वप्रधानन्यायाधीश र पाँच पूर्वन्यायाधीशको सहायक भई सर्वोच्चको फैसला लेखनकार्य गरेको अनुभव समेत प्रस्तुत गरेका छन् ।

न्याय सेवाअन्तर्गत उनी शाखा अधिकृतका रूपमा २९ वर्षअघि सेवामा प्रवेश गरेका हुन् । ढुंगानाले आफूले शाखा अधिकृत हुँदा नै पूर्वप्रधानन्यायाधीशहरू त्रिलोकप्रताप राणा, ओमभक्त श्रेष्ठ, केदारनाथ उपाध्याय, दिलीपकुमार पौडेल, केदारनाथ गिरी, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, खिलराज रेग्मी र कल्याण श्रेष्ठको इजलासमा सहायकका रूपमा फैसला लेखनकार्यमा संलग्न भएको उनले उल्लेख गरेका छन् । सोक्रममा दुई हजार बढी फैसला लेखेको उनको भनाइ छ ।

Global Ime bank

उनले पूर्वन्यायाधीशहरू लक्ष्मणप्रसाद अर्याल, केदारनाथ आचार्य, उदयराज उपाध्याय, कृष्णजंग रायमाझी, टोपबहादुर सिंह, अरविन्द आचार्य र बलराम केसीको इजलासमा पनि सहायक भएर फैसला लेखनमा संलग्न भएको उल्लेख गरेका छन् ।

ढुंगाना संसद् सचिवालयमा कार्यरत रहेका बेला ०७३ सालमा न्यायाधीशमा सिफारिस भएका थिए । ढुंगानाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकदेखि संविधान जारी हुँदासम्म संसद् सचिवालयको कानुनी सल्लाहकारका रूपमा काम गरेको भन्दै संविधान निर्माण र कानुन बनाउने सबै परिघटनामा प्रत्यक्ष साक्षी बनेको पनि उल्लेख गरेका छन् ।

पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय