site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पुग्न नसकिने बताएका छन् । शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभामा उनले यस्तो बताएका हुन् ।

कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रियाभित्रैबाट संवाद गरी समाधान गर्न सकिने उनले उल्लेख गरे । मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने उनले बताए ।

“म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु–दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् । तर, तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन्,” उनले भने, “त्यसबाट धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरू निर्वाचनका माध्यमबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ, संवादबाट शान्तिपूर्ण ढंगले । हामीलाई शान्ति चाहिन्छ ।”

उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने टिप्पणी गरे ।

अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्र गर्न सक्ने जिकिर पनि गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro