site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्छ : सञ्चारमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकसँगै जनताको अवस्था बदल्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

व्यवस्था परिवर्तनका निम्ति एकता भएजस्तै यसको सुदृढीकरण र समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले राजनीतिक, साहित्यिकलगायत क्षेत्रमा निष्ठाको खडेरी देखिएको उनले उल्लेख गरिन् । निष्ठाको खडेरी चिर्ने चुनौती रहेको उनको भनाइ थियो ।

मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएका अधिकारको पूर्ण प्रयोगको अवस्थामा जनतालाई पु¥याउनुपर्ने बताइन् ।

Global Ime bank

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । खसानी गोष्ठीपत्र विशेषांक लोकार्पण समेत गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement