site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१०१ क्विन्टल अन्नबाट जनकपुरमा बनाइयो सीतारामको प्रतिमा
तस्बिर : चन्द्रदेव साह/रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकलाई अन्नबाट निर्मित सीतारामको प्रतिमाले झनै बढाएको हो ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान (१२ बिघा)मा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिबारदेखि सर्वसाधारणको अवलोकनका निम्ति समेत खुला गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान् सीतारामको स्वयंवरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १०१ क्विन्टल अन्नको प्रयोग गरिएको छ ।

भारतीय कलाकारले निर्माण गरेको सो प्रतिमाले नेपाल–भारतको साझा संस्कृतिलाई दर्शाइरहेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताए ।

Global Ime bank

सो प्रतिमा बनाएर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना पनि भइरहेको छ । तर, प्रतिमा बनाउन प्रयोग गरिएको अन्न खेर नजाने निर्माण समितिले जनाएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय