site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई दुबईमा पक्राउ गरेर ल्याइयो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका सर्लाहीको जानकीनगरका कोमलराज उपाध्याय पक्राउ परेका छन् । एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।

आकर्षक तलब र सुविधा हुने भनी सो कन्सल्टेन्सिजबाट प्रलोभन देखाउने गरिन्थ्यो । भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भनेबमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसरी ठगी गरेको भन्दै ५१ जनाले उपाध्यायविरुद्ध जाहेरी दरखास्त दिएका थिए । अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro