site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा पर्‍यो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् ।

शुक्रबार तेह्रथुममा आयोजित महाकाली–मेची अन्तर्गतको पार्टीको सभालाई सम्बोधन गर्दै उनले नेपाल मूलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग गर्न नसकेको बताए ।

उनले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको बताए । उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।

"वास्तवमा हाम्रो देश मूलतः पहाडी देश हो । आधाभन्दा बढी जनसंख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड । तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । त्यसको सदुपयोग गर्न आवश्यक छ," ओलीले भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro