अर्थ व्यवसाय
काठमाडौं । फोन पेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरिएको छ ।
जोशीले बुधबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट शपथ लिँदै पदभार सम्हालेको फोन पेले जनाएको छ ।
यसअघि उनी फोन पेमा स्वतन्त्र सञ्चालकको रूपमा आबद्ध रहेका थिए।
जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरका रूपमा मानिन्छन् ।
करिब दुई दशकभन्दा लामो समयसम्म उनी नेपालको प्रमुख बैंकिङ संस्थामा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेको फोन पेले जनाएको छ ।
जोशीले फोन पेको अध्यक्षको रूपमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १७:३०
प्रतिक्रिया दिनुहोस्