site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा जोडियो सीआईबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि जोडिएको छ ।

मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ गरेलगत्तै चन्द्रले सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएपछि प्रहरी र भन्सार कार्यालयले उनलाई समेत पक्राउ गरेको हो ।

हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत नै गठन भएको थियो ।

Global Ime bank

जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् ।

सोही समितिलाई सहयोग गर्न सीआईबीले समेत प्राविधिक विश्लेषण गर्ने टोली खटाएको हो । सीआईबीले सुनसहित पक्राउ परेकाहरूको मोबाइल फोनको कल डिटेल र प्राविधिक विश्लेषण गर्नेछ ।

१४ किलो सुन तस्करी प्रकरणमा हाल चन्द्रबहादुर, मीनबहादुर र विमानस्थलमा सरसफाइ गर्ने  तीन कर्मचारी पक्राउ परेका छन् ।

भन्सारले सरसफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । उनीहरूमाथि अझै अनुसन्धान जारी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय