site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो । 

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप आजदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टीआरएस लोजिपार्कले लिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सातवटै पोर्टहरू निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । 

समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने उनको भनाइ छ । गजुरेलले सुक्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्ने बताए । सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसावले राम्रो परिणाम देखाएको उनको भनाइ छ । 

Global Ime bank

सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने उद्देश्य रहे पनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए । यद्यपि, आफूहरूले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोसिस गर्ने उनको भनाइ छ । 

सञ्चारकर्मीहरूसँग ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रा.लि.का प्रतिनिधि अनन्त सिंहले आफूहरूले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए । उनले चोभारलाई नमुनाको रुपमा विकास गर्ने दाबी गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement