राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । योसँगै कांग्रेसले महासमिति बैठक तेस्रो पटक सारेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्