site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तराईमा बाक्लो हुस्सु/कुहिरो, यातायात सेवा प्रभावित हुने सम्भावना  
फाइल तस्बिर

काठमाडौं । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

तराईका भू–भागहरूमा लागेको हुस्सु/कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । मध्य र पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । 

Dabur Nepal
NIC Asia

हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । 

आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति आंशिक बदली रहनेछ ।  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro