site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् ।

एयर अरेबियाको उडानमा चढेर सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार उनले सर्ट तथा पाइन्टका बटम बनाएर सुन ल्याएको खुलेको छ । पक्राउ परेका जितेन्द्रमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro