site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला ‘फेक’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका कलेजमा सिट खाली रहेको भन्ने तथ्यांक सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । आईओईको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्यले यो तथ्यांक गलत भएको बताएका छन् ।

अहिले तेस्रो भर्ना सूची सार्वजनिक भएको र यसपछिका चौथो, पाँचौंलगायत थप भर्ना सूची सार्वजनिक हुँदासम्म सबै सिट भरिने  उनले बताएका छन् ।

आईओई अन्र्तगत पुल्चोकसहित पाँचवटा आंगिक क्याम्पस र दशवटा सम्बन्धन प्राप्त कलेज रहेका छन् । यी कलेजमा चार हजार ३४४ सिट संख्या छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तेस्रो भर्ना सूची सार्वजनिक भइसक्दा १५ वटा कलेजमा एक हजार ५१५ सिट मात्रै खाली छ । 

मसिंर २४ गते तेस्रो भर्ना सूचि सार्वजनिक गरिएको र अझै थप भर्ना सूची सार्वजनिक हुँदा यी सबै सिट भरिने अध्यक्ष प्रा.डा. बज्राचार्यले बताए ।

Global Ime bank

पुलचोक क्याम्पसमा ३० सिट मात्रै बाँकी छ । विद्यार्थी सुरुमा आंगिक क्याम्पसमा आउने र त्यहाँ भरिसकेपछि अन्य सम्बन्धन प्राप्त कलेजमा जाने हुँदा अन्त केही सिट खाली देखिएको उनको भनाइ छ ।

बाह्रखरीसँग बोल्दै प्रा.डा. बज्राचार्यले भने, “त्यो डेटा फेक हो । तेस्रो सूची सार्वजनिक हुँदासम्म विद्यार्थी आंगिक क्याम्पसमा भर्ना हुन खोज्छन् । यहाँ पाइएन भने मात्रै सम्बन्धन प्राप्त कलेजमा जाने हो । यहाँ (आंगिकमा) चार लाख ७५ हजार मात्रै शुल्क तिर्नुपर्छ निजी कलेजमा १५ लाखसम्म कसले तिर्छ ?”

उनले एकदुईवटा कलेजमा विद्यार्थीको रोजाइको विषय पढाइ नहुने भएका कारण कम विद्यार्थी भर्ना हुनसक्ने बताए ।

उनले विद्यार्थी बाहिरिइरहेको सन्दर्भमा भनेका छन्, “देशको कारणले को कता गयो हामी भन्न सक्दैनौं । पुलचोक क्याम्पसमा पनि विद्यार्थी भरिन्छन्, आंगिक क्याम्पस पनि भरिन्छन् र सम्बन्धन प्राप्त कलेज पनि भोलिदेखि भरिन्छन् ।”
हाल त्रिविबाहेक अन्य विश्वविद्यालयका समेत गरेर देशभरमा ५३ इञ्जिनियरिङ कलेज छन् । सबै कलेजमा गरेर कुल ११ हजार ५०० जति सिट छन् ।

पछिल्ला वर्षमा इञ्जिनियरिङ पढ्न खोज्ने विद्यार्थीको संख्या करिब दश हजारको हारहारीमा छ । ती विद्यार्थी पाएसम्म पुलचोकमा पढ्छन् । त्यहाँ नपाएमा मात्रै अन्त पढ्न जाने प्रा.डा. बज्राचार्यको भनाइ छ ।
 
आईओईमा विद्यार्थीको समस्या नभएको बताउँदै प्रा.डा. बज्राचार्यले भने, “यो समस्या आईओई, त्रिभुवन विश्वविद्यालयलाई हैन । अहिले च्याउ जसरी उम्रिएका अरु विश्वविद्यालय, अरु कलेजलाई होला । भर्खर खुलेका क्याम्पस, विश्वविद्यालयलाई विद्यार्थीले पत्याएका छैनन् ।”

आईओई अन्तर्गत १५ इञ्जिनियरिङ कलेजमा कुन संकायमा कति विद्यार्थी भर्ना भए र कति सिट खाली छन् भन्ने तथ्यांक एडमिसनडट आईओईडटईडीयूडटएनएपीबाट (https://admission.ioe.edu.np)मा हेर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement