site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने
Tiktok banner adTiktok banner ad

तनहुँ । मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिनसम्म दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द हुने छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारीधनीलाई अनुरोध गरेको छ । 

आजदेखि मंसिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ । 

राति १ बजेदेखि १:३० बजेसम्म भने सडक आवागमनका लागि खुला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार, यस सडक खण्डमा ४१.५ किमि दुरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ । 

उक्त अवधिभर अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरूपमा बन्द हुने जिल्ला प्रहरीका  प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । 

“आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने छ,” उनले भन्नुभयो “यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।”

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro