देश
काठमाडौं । काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–४ का २६ वर्षीय सुवास आचार्यसहितका व्यक्तिहरू छन् ।
बूढानीलकण्ठ नगरपालिका–११, लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा आइतबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद पाँच लाख २४ हजार ७५० रुपैयाँ र ओखर १३ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ १६:२७
प्रतिक्रिया दिनुहोस्