site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावमा गरेका घोषणाअनुसार काम नहुँदा जनता निराश छन् : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले चुनावमा गरेका घोषणा र प्रतिबद्धताहरूको पूर्ण पालना नगर्दा नागरिकहरू निराश भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा दलहरूले जारी गरेका घोषणापत्र र उमेदवारहरूले गरेको प्रतिबद्धताहरू पूरा नहुँदा नागरिकहरू राजनीतिप्रति असन्तुष्ट रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए । सत्तामा हुँदा एउटा र प्रतिपक्षा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

उनले भने, "चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उमेदवारहरूले विकास, समृद्धि, सुशासन, न्याय आदि मत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छौँ, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौँ त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौँ, त्यो गर्नुपर्छ । सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीँ प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौँ, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्नसक्ने कुरा बोलौँ, बोलेको कुरा गरौँ ।"

Global Ime bank

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिइ कामकारबाही गर्न आवश्यक रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement