site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च अदालतमा पुस १ गतेदेखि अटोमेसनमा पेसी तारिख
SkywellSkywell

काठमाडौं । उच्च अदालतमा आगामी पुस १ गतेदेखि अटोमेसनमा पेसी तारिख तोकिने भएको छ । सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोकिने अभ्यास सुरु हुन लागेको हो । 

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो । प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गरेका थिए । 

Dabur Nepal
NIC Asia

आगामी पुस १ गतेदेखि सबै उच्च अदालतमा पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासका लागि तयारी जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार सर्वोच्चको आइटी युनिटले अहिले उच्च अदालतमा तालिम दिने काम गरिरहेको छ । 

“पुस १ गतेदेखि उच्च अदालतहरूमा पेसी तारिख अटोमेसनमा तोक्नका लागि आवश्यक तयारी भइरहेको छ,” सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, “सर्वोच्च अदालतमा अभ्यास भइरहेको छ । त्यसलाई नै विस्तारित गर्न लागिएको हो ।” 

उनले प्रधानन्यायाधीशको कार्ययोजनामा परेपछि विस्तारित गर्ने तयारी केही महिनाअघिदेखि नै भइरहेको पनि जानकारी दिए । 

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौमा पेसी तारिख ‘अटोमेसन’मा तोक्ने थालनी गर्दा नै सर्वोच्चमा पाइलट प्रोजेक्टमा सुरु भएको अभ्यास विस्तारित गर्दै लैजाने बताएका थिए । उनले पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यासले नागरिकमा न्यायालयप्रतिको विश्वास बढेर जाने उनको विश्वास थियो । 

“म सिस्टममा विश्वास गर्छु । सिस्टमले नै काम गर्ने भएपछि पक्षपात हुँदैन,” प्रधानन्यायाधीश श्रेष्ठले भनेका थिए, “यसपछि सेवाग्राहीको गुनासो पनि घट्ने विश्वास लिएका छौँ ।” पेसी तारिख अटोमसनको अभ्यास सुरु भएपछि अदालतमा मुद्दा दर्ता गरेका सेवाग्राहीले कम्प्युटरको ‘सिस्टम’बाटै तारिख पाउनेछन् । इजलास तोक्ने काम समेत अटोमेसनबाट गर्ने कार्ययोजना सर्वोच्चको रहेपनि त्यो भने सुरुवात भएको छैन । 

प्रधानन्यायाधीश श्रेष्ठले अटोमेसनमा पेसी तोक्ने काम थाल्नका लागि भने बजेट लगायतका कारण कठिनाइ भइरहेको बताएका थिए । सर्वोच्चमा इजलास तोक्ने काम अटोमसनबाट सुरु नहुँदासम्मका लागि भनेर सुरु गरिएको गोला प्रणाली तल्लो तहका अदालतसम्म लागु भएको छ । अटोमेसनका लागि भने विद्युत्, इन्टरनेटको नियमित आपूर्तिको ग्यारेन्टीसहित थप बजेट आवश्यक रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu