site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यू–१९ विश्वकप : नेपाल समूह ‘डी’मा, तयारी खेलमा वेस्ट इन्डिजसँग खेल्ने 

काठमाडौं । आगामी वर्ष आयोजना हुने यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ । 

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘डी’को नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्ने भएको हो । दक्षिण अफ्रिकामा हुने विश्वकपअन्तर्गतको यो खेल जनवरी २१ मा हुनेछ ।

Dabur Nepal
NIC Asia

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा नेपालसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । विश्वकपको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘बी’मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । यस्तै, समूह ‘सी’मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया छन् ।

जनवरी १९ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा भने आयरल्यान्ड र अमेरिका भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ मा हुनेछ ।

विश्वकपअघि नेपालले तयारी खेलमा स्कटल्यान्ड र वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro