site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फेसबुकको 'मार्केट प्लेस'मा सस्तोमा आइफोन बिक्रीको विज्ञापन राखेर ठग्ने पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका ३३ वर्षीय अफताब आलम र महोत्तरीका २७ को विनय साह रहेका छन् । अहिले उनीहरू ललितपुर बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको 'मार्केट प्लेस'मा सस्तो मूल्यमा आइफोन बिक्रीको विज्ञापन राख्ने गरेका थिए । खरिद गर्न खोज्नेहरूसँग उनीहरूले अग्रिम १० प्रतिशत भुक्तानी माग्थे । बाँकी रकम किस्तामा तिर्न सकिने आश्वासन दिएर उनीहरूले पीडितहरूलाई डेलिभरीको सामान आइपुगेको बताउँथे । त्यसपछि भन्सार शुल्क, डेलिभरी शुल्क र इन्स्योरेन्स शुल्कसहित विभिन्न प्रयोजनमा रकम तिर्नुपर्ने बताएर पैसा पठाउन लगाउँथे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूले वैदेशिक रोजगारको विज्ञापन राखेर पनि ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खातामा १० लाख ३९ हजार रुपैयाँ रकम पठाउन लगाएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro