अर्थ व्यवसाय
काठमाडौं । एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्बभन्दाको सेयर कारोबार भएको हो ।
यसअघि, दैनिक दुई अर्बभन्दा कमको सेयर कारोबार हुँदै आएको थियो । आज पहिलो घण्टामा बजारमा उतारचढाव रहे पनि कारोबार उच्च भएको नेपाल स्कट एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२ः२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो । आइतबार ९ मिनेटको सेयर कारोबारमा एक ४८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
गएको बिहीबार दिनभर (११ देखि ३ बजेसम्म) दुई अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्