site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस

काठमाडौं । संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिव रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।

डा. गौतमले अवकाशको समय नजिकिएपछि राजीनामा दिएका हुन् । नेकपा (एमाले)निकट गौतमले राजीनामा दिएपछि सोही पार्टीनिकट पाण्डेयलाई महासचिवमा नियुक्त गर्न सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सिफारिस गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro