site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मृतक पक्षले ठक्कर दिने ट्रक सञ्चालक पक्षलाई कुटेको भन्दै महासंघले जनायो आपत्ति

काठमाडौं । काठमाडौंको बालाजुस्थित ढुंगेधारामा ट्रकको ठक्करबाट एकजना यात्रुको मृत्यु भएको विषयमा पीडित परिवार र यातायात व्यवसायी कम्पनीका प्रतिनिधिबीच भएको विवादबारे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपत्ति जनाएको छ ।

नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले सञ्चालन गरेको ना.८ ख ३५०१ नम्बरको ट्रकले गएको बुधबार बालाजुको ढुंगेधारामा स्कुटरलाई ठक्कर दिँदा रसुवाका विशाल लामाको मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रहरीले नारायणी यातायात व्यवसायी कम्पनीका प्रतिनिधिलाई बोलाएको थियो । छलफलका लागि नारायणी यातायात व्यवसायीको प्रतिनिधिका रूपमा रमेश कार्की पुगेका थिए ।

तर, उनीमाथि मृतक पक्षले अचानक सांघातिक आक्रमण गरेर सख्त घाइते बनाएको महासंघको आरोप छ । महासंघले कार्कीको उपचार गर्न तथा कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

"...छलफल गर्न जाने प्रतिनिधिको शान्ति सुरक्षा दिने निकायभित्र नै आक्रमण हुनु निन्दनीय छ । अतः शान्ति सुरक्षा दिने निकाय नै मूकदर्शक भएर बस्दा यस्ता भवितव्यवश हुने कैयौँ दुर्घटनाको छलफलमा जाने व्यक्ति असुरक्षित हुने र नेपाल सरकारले शान्ति सुरक्षासमेत दिन नसक्दा शान्ति सुरक्षामा समेत प्रत्यक्ष असर पुग्न जाने भएकाले उक्त घटनाबाट घाइते भएका रमेश कार्कीको औषधी उपचार र सांघातिक आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गरी कानुनी राज्यको महसुस गराउन नेपाल सरकारसँग अनुरोध छ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro