site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका–२०२४ समूह विभाजन : साविक विजेता अर्जेन्टिना समूह ‘ए’ मा 

काठमाडौं । साविक विजेता अर्जेन्टिना आगामी वर्ष अमेरिकामा हुने कोपा अमेरिका–२०२४ को समूह ‘ए’ मा परेको छ । 

प्रतियोगिताका लागि शुक्रबार बिहान भएको समूह विभाजनअनुसार अर्जेन्टिना समूह ‘ए’ मा परेको हो । यो समूहमा साविक विजेतासँगै पेरु, चिली र उत्तर अमेरिकी छनोटको प्लेअफबाट आउने पाँचौँ टिम छन् ।

साविक विजेता अर्जेन्टिनाले आगामी जुन २० मा प्लेअफ विजेता (क्यानडा र ट्रिनिडाड एन्ड टोबागो) विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

यस्तै, १५ पटकको विजेता उरुग्वे समूह ‘सी’ मा र १० पटकको विजेता ब्राजिल समूह ‘डी’ मा परेका छन् । प्रतियोगितामा आगामी वर्षमा कुल १६ टिमले सहभागिता जनाउनेछन् । अमेरिकाका विभिन्न सहरमा आयोजना हुने प्रतियोगिता जुन २० देखि जुलाई १४ सम्म सञ्चालन हुनेछ । 

यसअघि ब्राजिलमा सम्पन्न प्रतियोगिताको गत संस्करणको उपाधि अर्जेन्टिनाले जितेको थियो । 

कोपा अमेरिका समूह विभाजन
समूह ‘ए’ : अर्जेन्टिना, पेरु, चिली, कोन्काकाफ प्लेअफ–५
समूह ‘बी’ : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका 
समूह ‘सी’ :अमेरिका, पानामा, उरुग्वे, बोलिभिया 
समूह ‘डी’ : ब्राजिल, कोलम्बिया, पराग्वे, कोन्काकाप प्लेअफ–६
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro