site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश एउटा झन्डा, एउटा गाडी र चारवटा गार्डमा सीमित भएको यादवको टिप्पणी 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एनसेल प्रकरणमा राजनीतिक र कर्मचारी प्रशासनको मिलेमतो रहेको बताएका छन् । शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् । 

“एनसेल पहिला मेरो मोवाइल थियो । अहिले के हो यथार्थ ? एकपटक अर्बौं कर मिनाहा सकारले गर्यो भन्ने सुनिएको थियो । एनसेलमा राजनीतिक र कर्मचारी प्रशासनको मिलेमतो देखिन्छ,” उनले भने । 

यादवले कर्मचारीको अभावले प्रदेश सरकारको अवस्था दयनीय रहेको बताएका छन् । “प्रदेश सरकारको बेहाल छ, कर्मचारी छैनन् । ६ महिनामा चार सचिव फेरिन्छ । कर्मचारीको अभावमा बजेट कार्यान्वयन हुन सकेको छैन । सचिवले मन्त्रीलाई टेर्दैनन्,” उनले भने, “प्रदेश सरकार भनेको एउटा झन्डा, एउटा गाडी र चारवटा गार्डमा सीमित भएको छ ।” 

उनले अहिलेको प्रणाली नटिक्ने खतरा बढको बताए । आफैंले बनाएको संविधान बने पनि कानुन कार्यान्वय हुन नसकेको भन्दै उनले आपत्ति जनाए । “कुसाशनमा एसियामा हामी टपमा छौं । तलदेखि माथिसम्म अवस्था राम्रो छैन । यसले प्रणाली नटिक्ने खतरा बढेको छ,” यादवले भने ।  

आठ वर्षमा पनि संविधान कार्यान्वयनका लागि कानुन नबनेको उनको भनाइ छ । ०७६ सालमा बनेको प्रहरी ऐन कार्यान्वयन नभएको भन्दै उनको प्रश्न छ, “आफैँले बनाएको संविधान र कानुन कार्यान्वय नगर्ने भए किन बनाएको ?”

पछिल्लो समय सदन विधेयकविहीन भएको भन्दै उनले असन्तुष्टि जनाए । सेनालाई पनि गन्जागोल बनाउन खोजिएको उनको भनाइ छ । 

“फास्टट्रयाकमा पनि गन्जागोल भयो । आर्मीलाई व्यापार गर्न दिने कि नदिने, ठेक्कापट्टा लगाउन दिने कि नदिने, सीमामा झोला तान्न दिने कि नदिने ?,” यादवले भने, “यसले आर्मीको पेसागत मर्यादा कहाँ पुग्छ ? यस्ता काममा आर्मी लगाउने कि पेसागत मर्यादामा राख्ने ? यसलाई अब दोहोरिन दिनु भएन । यसमा सरकार गम्भीर बनोस् ।”

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro