site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘११ः५५’को निर्माण घोषणा 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । क्राइम, थ्रिलर विधामा निर्माण हुने चलचित्र केशव पाण्डेको कथा र निर्देशनमा तयार हुनेछ । 

चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङलगायत कलाकारको अभिनय रहनेछ । 

निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहेको छ । 

अभिनेत्री सृष्टी श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । “मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थें । यो चलचित्रमार्फत हामी पात्रको रूपमा चिनिने छौं । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र बन्नेछ।” उनले  भनिन् । 

अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । “मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिकाले आकर्षित गरेर सहकार्य सम्भव भएको हो,” उनले भने । 

चलचित्र ‘११ः५५’ मा ६ जनाको कथा देखाइनेछ । आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थिति चलचित्रको मुख्य कथा हो । 

फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह–निर्माता रहेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro