देश
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी (शतबीजारोपण)का लागि व्यक्ति स्वयं उपस्थित हुन नसक्नेहरूका लागि विशेष व्यवस्था गरेको छ ।
आफैँ उपस्थित भई बत्ती बाल्न नसक्ने भक्तजनहरूका लागि दुई हजार एक सय रुपैयाँ शुल्क लिई कोषले नै बत्ती बाल्ने व्यवस्था मिलाएको छ । त्यस्ता भक्तजनहरूले पशुपतिको पश्चिम बाहिरी ढोकास्थित कोषको बिक्री कक्षमा शुल्क बुझाउनु पर्नेछ ।
कोषले कोही कसैले बत्ती बालेको स्थान र पालमा बसेको शुल्क मागेमा नदिन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० ०७:५४
प्रतिक्रिया दिनुहोस्