site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हक्कीको सोलिडारिटी कोर्स सुरु

काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।

सहभागीलाई एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् । कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० जनाको सहभागिता रहेको छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ ।

यस्तै, इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकको भूमिकामा रहेका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।

प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro