site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरले भने– गणतन्त्र खतरामा छैन, संविधानमा भएका कमीकमजोरी सुधार गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र खतरामा नरहेको भन्दै सरकार र नेतृत्वले कमीकमजोरी सच्याउनुपर्ने बताएका छन् । बीपी कोइराला सोसलिस्ट इन्टरनेसनलले प्रकाशित गरेको ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक विमोचन तथा अन्तर्क्रियामा नेता कोइरालाले आफ्ना कमीकमजोरी सुधार नगरी गणतन्त्र खतरामा छ भनेर मात्र गणतन्त्र बलियो नहुने बताए । 

“संविधानमा भएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्छ । आफ्ना कमीकमजोरी सुधार नगर्ने, गणतन्त्र कमजोर भयो भनेर विश्लेषण गरेर बसेर हुँदैन,” डा. कोइरालाले भने, “गणतन्त्र खतरामा परेको छैन ।”

डा. कोइरालाले देशमा शिक्षक, कर्मचारी, डाक्टर, सहकारीपीडित सबै आन्दोलनमा रहेको भन्दै सरकार त्यसको सम्बोधनभन्दा आलोचनामा सीमित भएको उनको अरोप थियो । उनीहरूका माग सम्बोधन गरेर सरकार छ सुधार हुन्छ भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ । “अहिले लघुवित्तपीडित, सहकारीपीडित मात्र होइन, शिक्षक, कर्मचारी, डाक्टर सबै आन्दोलनमा छन्,” डा. कोइरालाले भने, “सरकारले उनीहरूका मागलाई सम्बोधन गरेर जानुपर्छ । सरकार आफ्नो काम नगर्ने र अरुको आलोचना मात्रै गरेर बस्ने ?” डा. कोइरालाले सरकार शिक्षकमाथि दमन, निन्दनीय र घृणित भएको टिप्पणी गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro