site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरका आगलागीपीडित परिवारलाई महानगरको सहयोग

काठमाडौं । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका–७, सातघुम्तीस्थित कबाडी गोदाममा आगलागी भएको थियो ।

मृत्यु भएका परिवारलाई जनही एक/एक लाख रुपैयाँ तथा घाइतेलाई ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

विराटनगर–७, सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कबाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका–६ की पिंकी कामतको काठमाडौंमा उपचार भइरहेको छ । महानगरले काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ । महानगरले कबाडी व्यवसाय र गोदामसहित सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ ।

महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कबाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागु गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro