site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एडिडासको बल प्रविधिले अफसाइड र ह्यान्डबलको निर्णय छिटो हुने यूईएफएको दाबी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए)ले युरो–२०२४ मा प्रयोग हुने बलबाट अफसाइड र ह्यान्डबलको निर्णय छिटो हुने दाबी गरेको छ । 

‘फुसबलिएबे’ प्रयोग भएको एडियासको बल प्रविधिले खेलका अधिकारीहरूलाई छिटो जानकारी पठाउने यूईएफले जनाएको छ । 

“बलको प्रत्येक चालमा यो प्रविधिले असाधारणपूर्ण जानकारी राख्नेछ, जसले भिडियो सहायक रेफ्री (भार) निर्णय प्रक्रियामा योगदान पुर्‍याउँछ,” यूईएफएले उल्लेख गरेको छ । 

यो प्रविधिअनुसार बलले शरीरमा छोएको जानकारी दिए पनि कहाँ छोएको भन्ने खुलाउँदैन । बलले शरीर छोएको जानकारी पाएपछि खेल अधिकारीहरूले क्यामेराको सहयोगमा तस्बिरहरू हेरेर ह्यान्डबल भए नभएको जानकारी दिन सक्नेछन् ।

यस प्रविधिको प्रयोगले ह्यान्डबलको निर्णयमा लाग्ने समयमा कमी आउने र अफसाइड निर्णय अझ सटिक बन्ने दाबी यूईएफएको छ ।

युरो–२०२४ आगामी वर्षको जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro