site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इटहरीमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२, शान्तझोडास्थित राईटोलमा वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ७० वर्षीया मधुमाया पुरीको हत्या आरोपमा सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नै घरनजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरीले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । तरहरा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनलाई धरानतर्फ पठाइएको थियो । उपचारका क्रममा पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement