site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्नेमा जोड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्नेमा घरजग्गा व्यवसायीहरुले जोड दिएका छन् । 

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यहीअनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता घरजग्गा कोरोबारले गति लिन नसकेसम्म समाधान नहुने बताए । घरजग्गा कारोबार सुस्त हुँदा राज्यको ३० देखि ५० अर्बसम्मको राजस्व गुमिरहेको उनको भनाइ छ । 

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव रामसुन्दर बकेले नेपालमा अहिले घरजग्गाको कारोबारको अवस्था संविधानले प्रत्याभूत गरेको अधिकारभन्दा बाहिर गएर सरकारले असान्दर्भिक नियमावली ल्याएर अवरोध खडा गरेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement