site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ११ अंकले घट्यो, नौ अर्ब १३ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ११.०६ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.४१ प्रतिशत घटेर २,६२९.८९ विन्दुमा बन्द भएको छ । 

आज कारोबार रकम बढेर नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम करोबार दिन बिहीबार सात अर्ब ९७ करोड आठ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

Argakhachi Cement Island Ad

आज कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र हाइड्रोपावर समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

होटेल तथा पर्यटन समूहको परिसूचक ०.१२ प्रतिशतले र हाइड्रोपावर समूहको परिसूचक १.२२ प्रतिशतले बढेको छ ।

आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १६२ कम्पनीको सेयरमूल्य घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ९.८३ प्रतिशतले घटेको छ । रिभर्स फल्स पावर र पियोर इनर्जीको सेयरमूल्य ९.९९ प्रतिशतले बढको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्